भर्खरै : Sorry, your browser does not support inline SVG.

फेरी भारतीय दादागिरी : कालापानी, लिम्पियाधुरामा नेपालीकाे प्रवेश रोक

फेरी भारतीय दादागिरी : कालापानी, लिम्पियाधुरामा नेपालीकाे प्रवेश रोक

१३ साउन २०७७ दार्चुला । भारतले कालापानी र लिम्पियाधुरालाई भारतीय क्षेत्र भन्दै त्यहाँ नेपालीको प्रवेशमा रोक्न नेपाली प्रशासनलाई पत्राचारसहित धम्की दिएको छ । लिम्पियाधुरा भारतीय भूमि हो भन्दै नेपालीहरू चोरी–छिपी पस्न लागेकोले रोक्न भनेर यस्तो धम्की दिएको हो ।

भारतले ५८ वर्षदेखि कब्जा जमाई राखेको नेपाली भूमिमा नेपालीको प्रवेश रोक्न यस्तो धम्की दिदा समेत यता सत्ता लुछाचुडीमा लागेका नेताहरुले ध्यान नदिएको स्थानीयले बताएका छन् । नेपाली भूमिमा नेपाली प्रवेश गर्दा भारतले ‘चोरी–छिपी’ भनेर नेपालीको प्रवेशमा प्रतिबन्ध लगाएको छ भन्दै स्थानीयले आक्रोष व्यक्त गरेका छन् ।

भारतको यो दादागिरी पत्राचारको विषयमा कस्तो प्रतिक्रिया दिने भन्ने विषयमा नेपाल सरकारले केहि धारणा सार्वजनिक गरेको छैन । लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा जहिले पनि विवाद भैरहने र भारतले नेपाली सुरक्षा फौज र स्थानीयलाई समेत धम्क्याउने गरेको दार्चुलावासीले बताउदै आएका छन् ।

सीमावर्ती धार्चुलाका उप–जिल्ला अधिकारी अनिलकुमार शुक्लाद्वारा ३० असारमा नेपालको जिल्ला प्रशासन कार्यालय दार्चुलालाई लेखिएको पत्रमा भनिएको छ, ‘भारतीय क्षेत्र गुन्जी, लिपुलेक र लिम्पियाधुरामा नेपाली गुट समूह अवैध रूपमा चोरी–छिपी सीमा पार गर्ने कोसिस गरिरहेको हामीलाई विशिष्ट सूत्रबाट जानकारी मिलेको छ । मिडियाको ध्यान आकृष्ट गर्न र दुवै देशलाई समस्यामा पार्न यस्तो प्रयास भइरहेको छ । त्यसैले तपाईंको स्तरमा त्यस्तो कुनै पनि जानकारी प्राप्त भएमा तुरुन्त हामीलाई खबर गर्नुहुन अनुरोध छ ।’

दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आफूले त्यस्तो पत्र प्राप्त गर्ना साथ काठमाडौंलाई जानकारी गराएको बताएका छन् । ‘भारतले पत्रमा उल्लेख गरेका ती क्षेत्र नेपाली भूमि हुन् भन्नेमा शंकै छैन । नेपाली भूमिमा हिँडडुल गर्ने पूर्ण स्वतन्त्रता नेपाली नागरिकलाई छ । भारतले पठाएको पत्रको मिति ११ दिन पुरानो छ । तर, आफुले आइतबारपत्र पाएको बताए । पत्र पाउनासाथ गृह मन्त्रालयमा रिपोर्टिङ गरिसकेको र माथिको निर्देशनको प्रतीक्षामा रहेको पोखरेलले बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.