भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढानीलकण्ठमा २१ किलो सुन फेला, ११ किलो तयारी अवस्थामा | बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम–कोरला सडक मर्मत अन्तिम चरणमा, यातायात सञ्चालन अझै जोखिमपूर्ण | दसैँमा घर फर्किनेको चटारो, अग्रिम टिकट लिन नयाँ बसपार्कमा भीड | सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ |

बजेटले सार्क हस्तकला विकास केन्द्र स्थापनालाई सम्बोधन गर्न सकेनः महासङ्घ

बजेटले सार्क हस्तकला विकास केन्द्र स्थापनालाई सम्बोधन गर्न सकेनः महासङ्घ

काठमाण्डौ । नेपाल हस्तकला महासङ्घले आउँदो आर्थिक वर्षको बजेटले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क हस्तकला विकास केन्द्रको स्थापना र सञ्चालनको बारेमा सम्बोधन गर्न नसकेको जनाएको छ । महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले निकालेको विज्ञप्तिमा देशको कला, संस्कृति र सम्पदा क्षेत्रको संरक्षण गर्दै लाखौँ युवालाई रोजगार प्रदान गर्दै आएको र वार्षिक १२ अर्ब रुपैयाँभन्दा धेरैको वैदेशिक मुद्रा आर्जन गर्ने हस्तकला क्षेत्रलाई बजेटले सम्बोधन गर्न नसकेको उल्लेख गरे ।

तर बजेटले आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा उत्पादनलाई रोजगारीसंँग आबद्ध गराउने लक्ष्य लिनु निकै सकारात्मक रहेको महासङ्घले जनाएको छ । महासङ्घले निजी क्षेत्रसँगको सहकार्यमा बाग्मती प्रदेशलाई उद्योग हब र लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्यमी हब बनाइने र प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमद्वारा स्वदेशी उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रममार्फत स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने विषयबाट व्यवसायीहरू आशावादी भएको जनाएको छ । रासस

 

 


Thali Mobile Pvt.Ltd.