भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

भारत भ्रमण ‘द्विपक्षीय सम्बन्धमा कोसेढुङ्गाः डेनिस प्रधानमन्त्री

भारत भ्रमण ‘द्विपक्षीय सम्बन्धमा कोसेढुङ्गाः डेनिस प्रधानमन्त्री

नयाँ दिल्ली, । डेनमार्कले भारतलाई ‘घनिष्ठ साझेदार’ मानेको उल्लेख गर्दै डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले आफ्नो नयाँ दिल्लीको भ्रमणलाई दुई राष्ट्रबीचको सम्बन्धका लागि कोसेढुङ्गाको रूपमा लिएको शनिबार बताउए । तीन दिने भ्रमणमा रहेका फ्रेडरिकसेनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमा एक औपचारिक कार्यक्रम गरी स्वागत गर्नुभएको छ ।

“हामी भारतलाई घनिष्ठ साझेदार ठान्छौं । यो भ्रमण डेनमार्क–भारत द्विपक्षीय सम्बन्धका लागि कोशेढुंगाको रूपमा म देख्छु,” उहाँले भन्नुभयो । भ्रमणका क्रममा फ्रेडरिकसेनले राष्ट्रपति रामनाथ कोविन्दलाई शनिबार नै भेट्नुभएको छ । त्यसपछि लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुभएको छ । उहाँले थिङ्क ट्यांक, विद्यार्थी र नागरिक समाजका सदस्यहरूसँग पनि अन्तरक्रिया गर्नुहुने कार्यक्रम छ ।

उहाँ कोभिड–१९ प्रतिबन्ध लगाइएपछि गत मार्चदेखि भारत भ्रमण गर्ने पहिलो राज्य प्रमुख भएका कारण भारतले मेटे फ्रेडरिकसेनको भ्रमणलाई निकै महत्वपूर्ण भनेको छ । यसै वर्षको सुरुतिर विदेशमामिला मन्त्री डा। एस जयशंकरले डेनमार्क भ्रमण गर्नुभएको थियो । भारत र डेनमार्कको व्यापार र लगानीको सम्बन्ध बलियो छ ।

भारतमा २०० भन्दा बढी डेनिस कम्पनीहरू उपस्थित छन् र डेनमार्कमा ६० भन्दा बढी भारतीय कम्पनीहरूको उपस्थिति छ । नवीकरणीय ऊर्जा, स्वच्छ प्रविधि, जल तथा फोहोर व्यवस्थापन, कृषि तथा पशुपालन, विज्ञान तथा प्रविधि, आइसिटी, स्मार्ट सिटी, ढुवानी लगायतका क्षेत्रमा बलियो सहकार्य रहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.