चितवन । अतिरिक्त शुल्क फिर्ता वा समायोजनको माग गर्दै चितवन मेडिकल कलेजका विद्याथीहरु निरन्तर आन्दोलनमा छन् । त्यो आन्दोलन वीरगञ्ज र भैरहवासम्म फैलिएको छ । कलेजले न त शुल्क समयोजन गर्ने सहमति कार्यान्वयन गर्न गर्यो नत विद्यार्थीहरुले प्रदर्शन नै रोके।
शनिबार दिउँसो एकाएक पभरतपुर महानगरपालिका(५ कैलाशनगरमा रहेको होस्टलमा प्रहरी छापा मार्यो। प्रहरीले होस्टललाई घेरा हालेर चेक जाँच गर्दा हतियार भेटिएको प्रहरी बतायो । होस्टलभित्र ९ एमएमको पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली भेटिएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए ।
पेस्तोल कसको र कुन अवस्थामा भेटियो भन्ने कुरा प्रहरीले गोप्य राखेको छ । यता विद्यार्थीहरुले आफूहरूलाई प्रहरीले फसाउने प्रयास गरिरहेको बताएका छन् । नेत्रविक्रम चन्द विप्लवका छोराले सीएमसीमा भैरहेको आन्दोलनको अगुवाई गरिरहेको चिकित्सा शिक्षा संर्घष समितिले जनाएको छ ।
चन्द सहित विद्यार्थी नेतालाई फसाउन प्रहरीले आफैले पेस्तोल र गोली भेटिएको भनेर आतंक मच्चाएको आन्दोलन रत विद्यार्थीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...
तनहुँ, ३० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल आफ्नो कुल ६९ मेगावाट क्षमताको करिब ४० प्रतिशत अर्थात् ३० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ...
काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री...