भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

‘मेडिकल कलेजको होस्टेलमा पेस्तोल भेटियो, विद्यार्थी भन्छन् प्रहरीले पसाउन खोज्यो’

‘मेडिकल कलेजको होस्टेलमा पेस्तोल भेटियो, विद्यार्थी भन्छन् प्रहरीले पसाउन खोज्यो’

चितवन । अतिरिक्त शुल्क फिर्ता वा समायोजनको माग गर्दै चितवन मेडिकल कलेजका विद्याथीहरु निरन्तर आन्दोलनमा छन् । त्यो आन्दोलन वीरगञ्ज र भैरहवासम्म फैलिएको छ । कलेजले न त शुल्क समयोजन गर्ने सहमति कार्यान्वयन गर्न गर्यो नत विद्यार्थीहरुले प्रदर्शन नै रोके।

शनिबार दिउँसो एकाएक पभरतपुर महानगरपालिका(५ कैलाशनगरमा रहेको होस्टलमा प्रहरी छापा मार्यो। प्रहरीले होस्टललाई घेरा हालेर चेक जाँच गर्दा हतियार भेटिएको प्रहरी बतायो । होस्टलभित्र ९ एमएमको पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली भेटिएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए ।

पेस्तोल कसको र कुन अवस्थामा भेटियो भन्ने कुरा प्रहरीले गोप्य राखेको छ । यता विद्यार्थीहरुले आफूहरूलाई प्रहरीले फसाउने प्रयास गरिरहेको बताएका छन् । नेत्रविक्रम चन्द विप्लवका छोराले सीएमसीमा भैरहेको आन्दोलनको अगुवाई गरिरहेको चिकित्सा शिक्षा संर्घष समितिले जनाएको छ ।

चन्द सहित विद्यार्थी नेतालाई फसाउन प्रहरीले आफैले पेस्तोल र गोली भेटिएको भनेर आतंक मच्चाएको आन्दोलन रत विद्यार्थीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.