भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

रसुवामा भालुको आक्रमणबाट तीन घाइते

रसुवामा भालुको आक्रमणबाट तीन घाइते

रसुवा ।  लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चालू आर्थिक वर्षमा वन्यजन्तुबाट भएका क्षतिको विवरण सार्वजनिक गरिएको छ । गत साउनदेखि मङ्सिर मसान्तसम्म तीन जनालाई जङ्गली भालुले आक्रमण गरी घाइते बनाएको र भालु तथा बँदेलले १४३ जनाको अन्नबाली नोक्सान पु¥याएको प्रमाणित हुन आएपछि निकुञ्ज कार्यालयले नियमानुसार राहत प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाका अनुसार भालुको आक्रमणबाट घाइते हुनेका लागि सरकारी अस्पतालको बिलबमोजिम र अन्नबाली क्षति भएका किसानका हकमा क्षतिको तुलना गरी बढीमा रु १० हजारसम्म क्षतिपूर्ति दिने कानूनी प्रवधानअनुरूप राहत प्रदान गर्न लागिएको हो ।  भालुले घाइते बनाएका तीनैजना उपचारपछि घर फर्किसकेका र राहतस्वरूप प्रदान गरिने रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढेको निकुञ्जले जनाएको छ ।

गैह्रकानूनी क्रियाकलाप

लाङ्टाङ राष्ट्रिय निकुञ्जको आधार इलाकामा गैह्रकानूनी तवरले चोरीका घटना भने फाट्टफुट्ट भइरहेका छन् । चालू आवमा अनुमति विना अवैध तरिकाले जडीबुटी सङ्कलन गर्ने चार र काठ काट्ने एकसमेत पाँच जनालाई नियन्त्रणमा लिई कानूनी कारवाही गरिएको र वन जङ्गलको सुरक्षामा नेपाली सेना कालिजङ्ग गणको योगदान महत्वपूर्ण रहेको निकुञ्जले जनाएको छ ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको हिमाली भूभागमा एक हजार ७१० वर्ग किमी क्षेत्रफल भएको लाङ्टाङ राष्ट्रिय निकुञ्जमा दरबन्दीअनुरूप कर्मचारीको सङ्ख्या कमी भएका कारण संरक्षणको अनुगमनमा निकै कठिनाइ आएको छ । प्रमुखसहित ९६ कर्मचारीको दरबन्दी तालिका रहे पनि हाल ६९ मात्र कर्मचारी कार्यरत रहेको निकुञ्जको कर्मचारी प्रशासन शाखाका नायब सुब्बा रमेश गौडा बताउनुहुन्छ । रासस

 


Thali Mobile Pvt.Ltd.