भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

२ भदौ २०७७ काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। १ सय १ वर्षको उमेरमा मंगलबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नै निवास लैनचौरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी परिवारले गरेको छ ।अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको छ ।उनको जन्म विं.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् ।

उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा उपविधाहरूमा सिर्जना दिँदै आइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.