भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

रुकुम साेती हत्याकाण्डको छानविन गर्न संसदीय समिति गठन गरिने

रुकुम साेती हत्याकाण्डको छानविन गर्न संसदीय समिति गठन गरिने

२३ जेठ २०७७ काठमाडौं । रुकुममा ६ जना युवाको हत्याकाण्ड छानविनका लागि संसदीय समिति बन्‍ने भएको छ। संघीय संसदले रुकुम पश्‍चिमको चौरजाहरीस्थित सोतीमा भएको हत्याकाण्डको छानविन गर्न समिति बनाउने भएको हो ।

आजको संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद चल्न नदिने भन्दै उठेर विरोध जनाएपछि सभामुख अग्‍निप्रसाद सापकोटाले रुलिङ गर्दै संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग छलफल गरेर संसदीय छानविन गर्ने बताए ।

कांग्रेसकी सचेतक पुष्पा भुषाले रुकुमको घटना छानविन गर्न तत्कालै संसदीय छानविन समिति गठन गर्न माग गर्दै संसद चल्न नदिने बताएकी थिइन्। सभामुखले नियमवाली २०७५ बमोजिम संसदीय समिति गठन गरिने बताएपछि प्रतिनिधिसभा बैठक अहिले जारी छ।

 


Thali Mobile Pvt.Ltd.