भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

लगनशील अध्ययनले सफलता

लगनशील अध्ययनले सफलता

मोरङ । स्थानीय अरनिको आवासीय माविमा अध्ययन गरेका विद्यार्थीले उच्च शिक्षामा राम्रो अवसर पाउने गरेका छन् । विराटनगर–१० मा रहेको उक्त माविमा अध्ययन गरेका २६ छात्रछात्राले विसं २०७८ मा चिकित्सा शास्त्र, पारामेडिकल र इञ्जिनीयरिङमा पूर्ण छात्रवृत्तिको अवसर पाएको सो विद्यालयले जनाएको छ । पूर्ण छात्रवृत्ति प्राप्त गर्ने चिकित्सा शास्त्रतर्फ दुई छात्रासहित १०, पारामेडिकलतर्फ एक छात्रासहित आठ र इञ्जिनीयरिङ क्याम्पस पुल्चोकमा आठ छात्र छन् ।

विद्यालयद्वारा आज यहाँ आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा चिकित्सातर्फ छात्रवृत्ति प्राप्त विद्यार्थी प्रज्वलराज माझीले शिक्षकको सही मार्गदर्शन र लगनशील भई अध्ययन गरेका कारण सफलता हासिल गर्न सफल भएको बताउनुभयो ।
सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थी दिवस थापाद्वारा स्थापित ‘सुरेन्द्र एवं रीता थापा स्मृति’ पुरस्कारबाट कक्षा ११ मा अध्ययनरत विद्यार्थी नीरज रेग्मी र निकिता झालाई रु ३५ हजारको छात्रवृत्ति प्रदान गरियो । विसं २०५६ मा स्थापित विद्यालयमा दशजोड दुईको विज्ञान सङकायतर्फ एक हजार ६००, व्यवस्थापन र होटल व्यवस्थापनतर्फ १०० छात्रछात्राले अध्ययन गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.