भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

लागुऔषधसहित पक्राउ

लागुऔषधसहित पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ३०० एम्पुल डाइजेपाम, ३०० एम्पुल फेनारागन र ३०० एम्पुल नुर्फिनसहित बारा कलैया उपमहानगरपालिका–४ घर भएका १९ वर्षीय धर्मेन्द्र माझीलाई आज प्रहरीले पक्राउ गरेको छ । बाराको कलैयाबाट काठमाडौँ आउँदै गरेको बा३ख ६१४३ नंको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा धर्मेन्द्रलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, सोही ठाउँबाट ५४० ट्याब्लेट नियन्त्रित लागुऔषध नाइट्राभेटसहित सर्लाही हरिहरपुर नगरपालिका–४ घर भएका २३ वर्षीय यज्ञबहादुर श्रेष्ठलाई पनि आजै प्रहरीले पक्राउ गरेको जनाएको छ । सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको ग१ख ८७८७ नंको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यज्ञ बहादुरसँग उक्त लागुऔषध फेला परेको थियो । दुवै घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.