भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त | काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, प्रदूषण नियन्त्रणको कार्ययोजना सार्वजनिक गर्दै महानगर |

वडाध्यक्ष पक्राउ, पटक पटक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप

वडाध्यक्ष पक्राउ, पटक पटक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप

२० साउन २०७७ गोरखा । पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट पक्राउ परेका छन् । आफ्नै वडाकी एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले बताए ।

पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएर अनुसन्धान थालिएको प्रहरी जनाएको छ । रानाभाटविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको हो । पक्राउ परेका वडाध्यक्ष रानाभाटले यसअघि पनि पटकपटक पीडित बालिकालाई बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.