भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

विभिन्न ३० मुलुकबाट ५१ हजार ४ सय ४१ जनाको उद्धार

विभिन्न ३० मुलुकबाट ५१ हजार ४ सय ४१ जनाको उद्धार

३२ साउन २०७७ ।  विश्वका विभिन्न दैशमा अलपत्र परेका ५१ हजार ४ सय ४१ जनाको उद्धार गरिएको छ । सरकारले चैत्र ११ गते लकडाउन गरेपछि साउन ३१ गतेसम्म ५१ हजार ४ सय ४१ जानको उद्धार गरी नेपाल ल्याइएको हो ।

म्यानमारबाट ८ सय ११, कुवेतबाट ६ हजार ३ सय २९, जापानबाट १ हजार २ सय ८२, थाइल्यान्डबाट ३ सय २६, दक्षिण कोरियाबाट ९ सय ६७, बंगलादेशबाट ८ सय ४१, मलेसियाबाट ७ हजार ६ सय ४२ जना, अफगानिस्तानबाट ५०, अस्ट्रेलियाबाट ९ सय ४३, ओमानबाट ८ सय ११, कतारबाट ६ हजार १ सय ९१ जना गरी सरकारले ३० मुलुकबाट ती नेपालीलाई नेपाल ल्याउन सफल भएको हो ।

इजरायलबाट १ सय २७, चीनबाट २ सय ८, टर्कीबाट १ सय १०, फिलिपिन्सबाट २ सय १, स्विजरल्यान्डबाट १०, दक्षिण सुडानबाट २ सय ५०, सेन्टर रिपब्लिक कारबाट ६८, भारतबाट ८५ जनालाई उद्धार गरेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले उल्लेख गरेको छ ।

उद्धारकै क्रममा माल्दिभ्सबाट ७ सय ९, श्रीलंकाबाट ५, युनाइटेड अरब इमिरेट्सबाट १४ हजार ३ सय १४, साउदी अरेबियाबाट ७ हजार ८ सय १७, सिंगापुरबाट २ सय ९७, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९ सय ८०, अमेरिकाबाट ४ सय २३, बेलायतबाट २ सय २९ जनालाई नेपाल ल्याइएको सेन्टरले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.