भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

विभिन्न ३० मुलुकबाट ५१ हजार ४ सय ४१ जनाको उद्धार

विभिन्न ३० मुलुकबाट ५१ हजार ४ सय ४१ जनाको उद्धार

३२ साउन २०७७ ।  विश्वका विभिन्न दैशमा अलपत्र परेका ५१ हजार ४ सय ४१ जनाको उद्धार गरिएको छ । सरकारले चैत्र ११ गते लकडाउन गरेपछि साउन ३१ गतेसम्म ५१ हजार ४ सय ४१ जानको उद्धार गरी नेपाल ल्याइएको हो ।

म्यानमारबाट ८ सय ११, कुवेतबाट ६ हजार ३ सय २९, जापानबाट १ हजार २ सय ८२, थाइल्यान्डबाट ३ सय २६, दक्षिण कोरियाबाट ९ सय ६७, बंगलादेशबाट ८ सय ४१, मलेसियाबाट ७ हजार ६ सय ४२ जना, अफगानिस्तानबाट ५०, अस्ट्रेलियाबाट ९ सय ४३, ओमानबाट ८ सय ११, कतारबाट ६ हजार १ सय ९१ जना गरी सरकारले ३० मुलुकबाट ती नेपालीलाई नेपाल ल्याउन सफल भएको हो ।

इजरायलबाट १ सय २७, चीनबाट २ सय ८, टर्कीबाट १ सय १०, फिलिपिन्सबाट २ सय १, स्विजरल्यान्डबाट १०, दक्षिण सुडानबाट २ सय ५०, सेन्टर रिपब्लिक कारबाट ६८, भारतबाट ८५ जनालाई उद्धार गरेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले उल्लेख गरेको छ ।

उद्धारकै क्रममा माल्दिभ्सबाट ७ सय ९, श्रीलंकाबाट ५, युनाइटेड अरब इमिरेट्सबाट १४ हजार ३ सय १४, साउदी अरेबियाबाट ७ हजार ८ सय १७, सिंगापुरबाट २ सय ९७, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९ सय ८०, अमेरिकाबाट ४ सय २३, बेलायतबाट २ सय २९ जनालाई नेपाल ल्याइएको सेन्टरले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.