ललितपुर । भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालका एक डाक्टर पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ गरेको हो । जबर्जस्ती करणी गरेको आरोपमा पक्राउपरेका जेनेररल फिजिसियन रोहित कुमार झा अहिले प्रहरीको नियन्त्रणमा छन् ।
अस्पतालमा जँचाउन आएकी एक महिलालाई झाले जबरजस्ती गरेको खुल्न आएको छ । जँचाउने बहानामा गोप्य अंगमा हात पुर्याएको महिलाले आरोप लगाउदै प्रहरी प्रशासनमा उजुरी दिएकी थिइन् । सो घटना लगत्तै मेडिसिटी अस्पतालले डाक्टर झालाई निश्कासन गरिसकेको जनाएको छ ।
अस्पतालमा दुई महिनाअघि मात्रै काम सुरु गरेका झालाई घटना थाहा पाएपछि निश्कासन गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ। पक्राउ परेका डा.झा मेडिसिटी अस्पतालमा इमर्जेन्सी विभागमा कार्यरत छन् । ती युवतीले आफूलाई डा. झाले चुकुल लगाएर बलात्कार प्रयास गरेको किटानी जाहेरी आइतबार नै दिएकी थिइन् ।
जाहेरीमा उल्लेख भएअनुसार झाले महिलालाई जाँच्ने क्रममा विस्तारै गोप्य अंगमा हात लगेका थिए । त्यसपछि बलात्कार गर्न खोजेपछि महिला कराउन थालेकी थिइन् । डा.झा माथि जबर्जस्ती करणी मुद्दा उद्योगअन्तर्गत अनुसन्धान शुरु भएको परिसरका डीएसपी सन्तोष तामाङले जानकारी दिए । डा.झालाई मंगलबार अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेश गरिने डीएसपी सन्तोष तामाङले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, १४ वैशाख । हरेक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। यो दिन सन्तानहरूले आफ्नी आमालाई...
काठमाडौं । नेपाली लोकसङ्गीतको आँगनमा एक पटक फेरि मिठास भरिएको छ। चर्चित गीतकार तथा सर्जक भीम कुमार ओझाको प्रस्तुतिमा तयार भएको ‘दुई दिने जिन्दगी’ बोलको नयाँ लोकगीत सार्वजनिक भएको...
काठमाडौं । नेपाली लोकसंगीतको फाँटमा फेरि एकपटक गहिरो भाव र सन्देश बोकेको गीत सार्वजनिक भएको छ। गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीको युट्युब च्यानलमार्फत “जानै लाग्यो बैश रिमै” बोलको...
झापा,चैत २६ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सरोकारवालाका सुझाव संकलन गरेको छ ।जिल्ला प्रशासन...