भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

विश्वमा ४८ लाख ४ हजार ७ सय ६५ संक्रमित, नेपालमा २ काे ज्यान गयाे ३०४ संक्रमित

विश्वमा ४८ लाख ४ हजार ७ सय ६५ संक्रमित, नेपालमा २ काे ज्यान गयाे ३०४ संक्रमित

५ जेठ २०७७ काठमाडौं । नेपालमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै अहिले सम्म संक्रमितको संख्या ३०४ पुगेको छ । आज देखिएका संक्रमित रौतहट र बाराका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२८ हजार १ सय ७२ को परिक्षण गरिदा सम्म जम्मा संक्रमित ३ सय ४ पुगेको छ भने २ जनाको मृत्यु भएको छ । ३६ जना निको भएर घर फर्किएका छन् । आज संक्रमण पुष्टि भएकाहरुमा रौतहटका ८ जना र बाराका एक जना रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

काठमाडौंमा गरिएको परीक्षणमा रौतहटमा पुष्टि भएका सबै पुरुष र बारामा एक महिलामा संक्रमण देखिको छ । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८९ जनाको नमूना परीक्षण भएको छ ।

नेपालमा हालसम्म ९५ हजार ९ सय २९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विश्वमा ४८ लाख ४ हजार ७ सय ६५ संक्रमित मध्य ३ लाख १६ हजार ७ सय ११ जनाको मृत्यु भएको छ । १८ लाख ५८ हजार ७ सय ८३ जना निको भएर घर फर्किएका छन् ।

अमेरिकामा अहिलेसम्म १४ लाख ७६ हजार ३४६ जना संक्रमित भेटिएका छन् । ८९ हजार ५५० जनाको मृत्यु भएको छ । अमेरिकापछि सबैभन्दा धेरै संक्रमित रुसमा छन् । त्यहाँ दुई लाख ८१ हजार ७५२ जना संक्रमित भेटिएकामा दुई हजार ६३१ जनाको ज्यान गएको छ ।

 


Thali Mobile Pvt.Ltd.