भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

वुहानमा अमेरिकाले कोरोना भाइरस ल्याएको चीनको शंका

वुहानमा अमेरिकाले कोरोना भाइरस ल्याएको चीनको शंका

चीन । वुहानमा कोरोनाभाइरस देखा पर्नु अमेरिकी सेना जिम्मेवार भएको चीनले आशंका गरेको छ । चीनको ऊहानबाट सुरु भएको कोरोना भाइरस विश्वमा फैलिसकेको छ ।

कोरोना भाइरस चीनको वुहानमा नै उत्पत्ति भएको कुरामा चिनियाँ विश्वस्त हुन सकेका छैनन् । अमेरिकी सेनाका कारण कोरोना भाइरस ऊहानसम्म आइपुगेको चीनको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

ट्वीट गर्दै प्रवक्ता जाओ लिजियानले लेखेका छन्, ‘अमेरिकामा कोरोना भाइरसको पहिलो संक्रमित कहिले भेटियो ? कतिजना संक्रमित भए ? अस्पतालका नाम के हुन् ?’ महामारी वुहानसम्म ल्याइपुर्‍याउन अमेरिकी सैनिकको भूमिका हुनसक्ने शंका झाओले गरेका छन् ।

पारदर्शी भएर तथ्याङ्क सार्वजनिक गर्न भन्दै झाओले विस्तृत विवरण माग गरेका छन् । कोरोनाभाइरस चीनसम्म आइपुग्नु अमेरिकाकै हात भएको दाबी चीनको विशाल जनसम्पर्क अभियानले गरको छ । फक्स न्युज

 


Thali Mobile Pvt.Ltd.