भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

वुहानमा अमेरिकाले कोरोना भाइरस ल्याएको चीनको शंका

वुहानमा अमेरिकाले कोरोना भाइरस ल्याएको चीनको शंका

चीन । वुहानमा कोरोनाभाइरस देखा पर्नु अमेरिकी सेना जिम्मेवार भएको चीनले आशंका गरेको छ । चीनको ऊहानबाट सुरु भएको कोरोना भाइरस विश्वमा फैलिसकेको छ ।

कोरोना भाइरस चीनको वुहानमा नै उत्पत्ति भएको कुरामा चिनियाँ विश्वस्त हुन सकेका छैनन् । अमेरिकी सेनाका कारण कोरोना भाइरस ऊहानसम्म आइपुगेको चीनको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

ट्वीट गर्दै प्रवक्ता जाओ लिजियानले लेखेका छन्, ‘अमेरिकामा कोरोना भाइरसको पहिलो संक्रमित कहिले भेटियो ? कतिजना संक्रमित भए ? अस्पतालका नाम के हुन् ?’ महामारी वुहानसम्म ल्याइपुर्‍याउन अमेरिकी सैनिकको भूमिका हुनसक्ने शंका झाओले गरेका छन् ।

पारदर्शी भएर तथ्याङ्क सार्वजनिक गर्न भन्दै झाओले विस्तृत विवरण माग गरेका छन् । कोरोनाभाइरस चीनसम्म आइपुग्नु अमेरिकाकै हात भएको दाबी चीनको विशाल जनसम्पर्क अभियानले गरको छ । फक्स न्युज

 


Thali Mobile Pvt.Ltd.