नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् । अध्यक्ष दाहालले सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उक्त समस्यालाई अन्तर्राष्ट्रियकरण गरिहाल्न भने नमिल्ने तर्क गरे ।
उनले भने, ‘यस विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण भने गर्नु हुँदैन, त्यसले नेपाललाई फाईदा गर्दैन ।’ अध्यक्ष दाहालले लिम्पियाधुरा महाकाली नदीको मुहान भएको र यसको पूर्वको सबै भूभाग नेपालको भएको तथ्य औंल्याउँदै त्यसैको आधारमा नेपाल सरकारले भारत सरकारसँग संवाद गर्नुपर्ने बताए ।
सीमा समस्याको विषयलाई लिएर दुई मुलुकबीचमा उत्तेजना फैल्याउने काम कसैले गर्न नहुने भन्दै उनले बैठकमा लिम्पियाधुरामा नेपाली भूमि मिचिएको र सो समस्या समाधानका लागि आफूले प्रधानमन्त्री हुँदा चीन र भारत दुवै मुलुकसँग कुरा गरेको पनि बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...
तनहुँ, ३० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल आफ्नो कुल ६९ मेगावाट क्षमताको करिब ४० प्रतिशत अर्थात् ३० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ...
काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री...