भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

स्थानीय तहका भ्रष्टाचारीलाई कारबाही गरे स्थानीय तह नै खाली हुने : गृहमन्त्री थापा

स्थानीय तहका भ्रष्टाचारीलाई कारबाही गरे स्थानीय तह नै खाली हुने : गृहमन्त्री थापा

पर्वत । गृहमन्त्री रामबहादुर थापा बादलले स्थानीय तहमा भ्रष्टाचार बढिरहेको दावी गरेका छन् । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भइरहेको भन्दै थापाले स्थानीय तहका ती भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने स्थानीय तह नै खाली हुने अवस्था आएको बताए ।

जिल्ला प्रशासन कार्यालय पर्वतको नयाँ भवन उद्घाटन गर्न पर्वत पुगेका गृहमन्त्री थापासँग नेकपा पर्वतले राखेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन । स्थानीय तहका जनप्रतिनिधिलाई अख्तियारले घुससहित रंगेहात पक्राउ गर्नुले नै भ्रष्टाचारको अवस्था पुष्टि भैरहेको जिकिर गरे ।

अधिकांश स्थानीय तहमा नेकपाकै जनप्रतिनिधिको वर्चस्व रहेको र नेकपा कै पालामा बढी भ्रष्टाचार हुनु गलत भएको भन्दै थापाले भ्रष्टाचार रोक्न नेकपा लाग्नु पर्ने बताए। नेकपाभित्र गुटबन्दीको बिस्तार भएको बताउँदै गृहमन्त्री थापाले त्यो असफल हुने दाबी गरे।

शीर्ष नेताहरूबाटै गुटबन्दी भइरहेको र त्यसको असर तल्ला कमिटीहरूमा परिरहेको जिकिर गर्दै कमिटी निर्माण गर्दा आफ्ना मान्छे पार्न खोज्‍ने प्रवृत्तिले क्रान्ति असफल भएर जाने बताए । पार्टाीभित्र निर्माण गरिने विभिन्‍न कमिटीहरूमा महिलाको उचित प्रतिनिधित्व नभएकाले कतिपय कमिटीहरूको फर्मेसन अवैध रहेको गृहमन्त्री थापाले बताए।

 


Thali Mobile Pvt.Ltd.