पर्वत । गृहमन्त्री रामबहादुर थापा बादलले स्थानीय तहमा भ्रष्टाचार बढिरहेको दावी गरेका छन् । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भइरहेको भन्दै थापाले स्थानीय तहका ती भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने स्थानीय तह नै खाली हुने अवस्था आएको बताए ।
जिल्ला प्रशासन कार्यालय पर्वतको नयाँ भवन उद्घाटन गर्न पर्वत पुगेका गृहमन्त्री थापासँग नेकपा पर्वतले राखेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन । स्थानीय तहका जनप्रतिनिधिलाई अख्तियारले घुससहित रंगेहात पक्राउ गर्नुले नै भ्रष्टाचारको अवस्था पुष्टि भैरहेको जिकिर गरे ।
अधिकांश स्थानीय तहमा नेकपाकै जनप्रतिनिधिको वर्चस्व रहेको र नेकपा कै पालामा बढी भ्रष्टाचार हुनु गलत भएको भन्दै थापाले भ्रष्टाचार रोक्न नेकपा लाग्नु पर्ने बताए। नेकपाभित्र गुटबन्दीको बिस्तार भएको बताउँदै गृहमन्त्री थापाले त्यो असफल हुने दाबी गरे।
शीर्ष नेताहरूबाटै गुटबन्दी भइरहेको र त्यसको असर तल्ला कमिटीहरूमा परिरहेको जिकिर गर्दै कमिटी निर्माण गर्दा आफ्ना मान्छे पार्न खोज्ने प्रवृत्तिले क्रान्ति असफल भएर जाने बताए । पार्टाीभित्र निर्माण गरिने विभिन्न कमिटीहरूमा महिलाको उचित प्रतिनिधित्व नभएकाले कतिपय कमिटीहरूको फर्मेसन अवैध रहेको गृहमन्त्री थापाले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...
तनहुँ, ३० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल आफ्नो कुल ६९ मेगावाट क्षमताको करिब ४० प्रतिशत अर्थात् ३० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ...
काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री...