हमासको कब्जामा रहेका थप चार जना बन्धकको ज्यान गएको इजरायलको दाबी

हमासको कब्जामा रहेका थप चार जना बन्धकको ज्यान गएको इजरायलको दाबी image

प्यालेस्टिनी विद्रोही समूह हमासले कब्जा गरेकामध्ये चार जनाको ज्यान गएको इजरायलले दाबी गरेको छ । हमासले गएको अक्टोबर ७ तारिखमा बन्धक बनाएका थप चार जना बन्धकको ज्यान गएको इजरायलले पुष्टि गरेको बीबीसीले जनाएको छ । ज्यान गुमाउने चारै जनालाई गाजापट्टी नजिकैबाट अपहरण गरिएको थियो ।

मारिनेमा बेलायती नागरिक ५१ वर्षीय नादाभ पोपलवेल, ७९ वर्षीय चाइम पेरी, ८० वर्षीय योराम मेट्जगर र ८५ वर्षीय अमिरम कुपर रहेका छन् । हमासको नियन्त्रणमा रहेका झन्डै एक सय २० जना बन्धकको अवस्था भने अझै थाहा हुन सकेको छैन । एजेन्सी

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda