भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

१२ जिल्लामा निषेधाज्ञा, ठाउँ ठाउँमा सील

१२ जिल्लामा निषेधाज्ञा, ठाउँ ठाउँमा सील

२१ साउन २०७७ काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा बढ्दै गएको छ । झण्डै चार महिना गरिएको लकडाउन अन्त्य भएसँगै मानिसको चहलपहल बढेको र संक्रमणको जोखिम झन बढेको छ ।

बढ्दो संक्रमणबाट बच्न स्वास्थ्य परीक्षणको दायरा बढाउन तथा लकडाउन फेरि गर्न विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिए । प्रधानमन्त्री ओलीले हिजो प्रमुख प्रतिपक्षी दलका नेतासहित स्वास्थ्य विज्ञसँग बढ्दो कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न चाल्नुपर्ने कदमका विषयमा परामर्श लिएका थिए । सरकारले पनि लकडाउन हटाएपछि संक्रमण फैलिएका क्षेत्रमा सील गर्ने तथा जिल्ला, स्थानीय तहमा निषेधाज्ञा जारी गर्ने रणनीति लिएको छ ।

कोरोना संक्रमणको बढ्दो गतिलाई फैलन नदिन अहिलेसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी भएको छ । सरकारले संक्रमणको गति र अवस्था हेरेर स्थानीय प्रशासनलाई नै आवश्यक निर्णय गर्न सक्ने अधिकार दिएपछि १२ वटा जिल्लामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् ।

निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । उनका अनुसार केही जिल्लामा पूर्ण निषेधाज्ञा लागू गरिएको छ भने केहीमा बढी प्रभावित रहेका स्थानीय तह र वडामा मात्रै निषेधाज्ञा गरिएको छ । सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।

धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तहभित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ । जिल्लामा संक्रमणको अवस्था हेरेर थप जिल्लाले समेत निषेधाज्ञा जारी गर्नुपर्ने वा नपर्ने निर्णय गर्ने अधिकार जिल्लास्थित प्रमुख जिल्ला अधिकारीलाई दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए । संक्रमणको गति फैलन सक्ने भन्दै अन्य जिल्लाले समेत जिल्लाभित्र हुने गतिविधिमा नियन्त्रण गर्न स्थानीय प्रशासनलाई सक्रिय बनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.