भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

गुर्जो अभियानकर्मी राजलवट सम्मानित

गुर्जो अभियानकर्मी राजलवट सम्मानित

काठमाडौँ । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने वनस्पति गुर्जोबाट बनेको चिया र धुलो देशव्यापी रूपमा निःशुल्क वितरण गर्दै आउनुभएका अभियानकर्मी कमलबहादुर राजलवटलाई सम्मान गरिएको छ । पातञ्जल योग समिति भक्तपुरले असार १५ को अवसर पारेर मङ्गलबार आयोजना गरेको कार्यक्रममा विघटित प्रतिनिधिसभाका सांसद महेश बस्नेतले दोसल्ला, रुद्राक्ष र धानको बीउको मालाले सम्मान गर्नुभएको हो ।

कार्यक्रममा भक्तपुर नगरपालिका–२ का सार्वजनिक स्थानमा २०० गुर्जोका बिरुवासमेत रोपिएको थियो । धान दिवसका अवसरमा त्यस स्थानमा रोपाइँसमेत गरिएको छ । सो अवसरमा पूर्वसांसद बस्नेत, वाग्मती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, पूर्वसहसचिव एवं योग शिक्षक किशोरकुमार जोशीलगायतले गुर्जोको महत्वका विषयमा जानकारी गराउनुभएको थियो ।

उच्च रक्तचाप, मधुमेह, कब्जियतलगायत रोगका लागि फाइदा गर्ने गुर्जो गर्भवती र पाँच वर्ष मुनिका बालबालिकाले भने खान नहुने जनाइएको छ । न्यून रक्तचाप भएकाले भने बिरेनुन वा नुन मिलाएर खान सकिने अभियानकर्मी राजलवट बताउनुहुन्छ । नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिएपछि आन्तरिक राजश्व कार्यालय धुलिखेलको कार्यालयमा प्रमुख कर अधिकृतका रुपमा कार्यरत राजलवटले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोबाट बनेको चिया र धुलो ३६ जिल्लाका १२१ केन्द्रबाट निःशुल्क वितरणको व्यवस्था मिलाउनुभएको थियो ।

विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरेदेखि नै उहाँले गुर्जोका बिरुवा र यसबाट बनेको चिया तथा धुलो निःशुल्क वितरण गर्दै आउनुभएको थियो । विसं २०७६ एक लाख ६० गुर्जोका बिरुवा निःशुल्क वितरण गर्नुभएका उहाँले यस वर्ष पनि करिब १० हजार बिरुवा निःशुल्क बाँड्नुभएको छ । एक घरमा एक गुर्जोको बिरुवा हुर्काएर विभिन्न रोगबाट बच्ने शक्तिका लागि औषधि बनाउन सकिने राजलवटको विश्वास छ ।

 


Thali Mobile Pvt.Ltd.