भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

प्रदेश नम्बर २ मा प्रतिनिधिसभा सदस्य सहित १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश नम्बर २ मा प्रतिनिधिसभा सदस्य सहित १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

¬नेपालमा कोरोना संक्रमणमा दिनदिनै बृद्धि ।
¬सर्वसाधारण, मन्त्री र सांसदलाई कोरोना संक्रमण ।
¬प्रदेश नम्बर २मा प्रतिनिधिसभा सदस्य सहित १ सय ९९ जना संक्रमित ।

३० साउन २०७७ । प्रदेश नम्बर २ मा प्रतिनिधिसभा सदस्य सहित १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जनता समाजवादी पार्टीको तर्फबाट सप्तरी जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादव सहित एक सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा संक्रमितको संख्या ६ हजार ६ सय २७ पुगेको छ भने संक्रमित मध्ये ५ हजार ८ सय ६८ पुरुष र ७ सय ५९ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा शुक्रबारसम्म धनुषामा ५४ जना, पर्सामा ३२ जना, सर्लाहीमा २७ जना, रौतहटमा २४ जना, सप्तरीमा २१ जना, महोत्तरी र बारामा २० र २० जना र सिरहामा १ जना व्यक्ति संक्रमित छन् ।

 


Thali Mobile Pvt.Ltd.