भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

प्रदेश नम्बर २ मा प्रतिनिधिसभा सदस्य सहित १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश नम्बर २ मा प्रतिनिधिसभा सदस्य सहित १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

¬नेपालमा कोरोना संक्रमणमा दिनदिनै बृद्धि ।
¬सर्वसाधारण, मन्त्री र सांसदलाई कोरोना संक्रमण ।
¬प्रदेश नम्बर २मा प्रतिनिधिसभा सदस्य सहित १ सय ९९ जना संक्रमित ।

३० साउन २०७७ । प्रदेश नम्बर २ मा प्रतिनिधिसभा सदस्य सहित १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जनता समाजवादी पार्टीको तर्फबाट सप्तरी जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादव सहित एक सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा संक्रमितको संख्या ६ हजार ६ सय २७ पुगेको छ भने संक्रमित मध्ये ५ हजार ८ सय ६८ पुरुष र ७ सय ५९ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा शुक्रबारसम्म धनुषामा ५४ जना, पर्सामा ३२ जना, सर्लाहीमा २७ जना, रौतहटमा २४ जना, सप्तरीमा २१ जना, महोत्तरी र बारामा २० र २० जना र सिरहामा १ जना व्यक्ति संक्रमित छन् ।

 


Thali Mobile Pvt.Ltd.