भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

जनस्वास्थ्यको मापदण्ड कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव

जनस्वास्थ्यको मापदण्ड कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव

२० साउन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितको संख्या बढेपछि स्वास्थ्य विज्ञसँग गरेको छलफलमा अधिकांस विज्ञहरुले पहिलेजस्तो देशभर लकडाउन नगर्न सुझाव दिएका छन् ।

छलफलमा सहभागी विज्ञले जनस्वास्थ्यको मापदण्डको कार्यान्वयनमा जोड दिँदै संक्रमण धेरै भएका स्थानमा अवस्था हेरेर मात्र लकडाउन वा निषेधाज्ञा लगाउन सुझाव दिएका हुन् ।लकडाउन अन्त्य भएसँगै काठमाडौँं उपत्यका लगायत देशभर संक्रमितको संख्या बढेपछि पुनः लकडाउन गर्ने वा जनस्वास्थ्य संकटकाल लगाउने तथा अन्य उपायका विषयमा सुझाव लिन प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग परामर्श गरेका थिए ।

मंगलबार प्रधानमन्त्री कार्यलय बालुवाटारमा भएको छलफलमा विज्ञहरुले लकडाउन समस्याको समाधान नभएको भन्दै संक्रमण बढी देखिएको क्षेत्रमा परीक्षण दायरा बढाउन पनि सुझाव दिएका छन् । उनीहरुले सुरक्षाका मापदण्ड कडाइका साथ पालना गराउनुपर्ने सुझाव दिएका हुन् ।

सामाजिक दूरी कायम गर्न र मास्कको प्रयोगलाई बढाउन गराउन सहभागीले धारणा राखेका थिए । विदेशबाट आउनेहरूको अनिवार्य पिसिआर परीक्षण गर्नसमेत स्वास्थ्यविद्हरूले धारणा राखेका थिए । यसका साथै स्वास्थ्य क्षेत्रका तयारी तीव्र पार्न र अस्पतालहरूमा आइसियू र भेन्टिलेटरको संख्या समेत बढाउनुपर्ने उल्लेख गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.