कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, आज मात्रै २५९ जना थपिए (भिडियो)

कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, आज मात्रै २५९ जना थपिए (भिडियो)

२० साउन २०७७ काठमाडौं । नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। ७ हजार ६ सय ८७ जनामा गरिएको पिसिआर परीक्षणमा क्रममा भाइरसको संक्रमण पोजिटिभ देखिएको हो । आजका सहित नेपालमा संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।

म‌ंगलबार ६५ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म १५ हजार २६ जना उपचारपछि निको भएका छन् भने नेपालमा हालसम्म ५८ जना संक्रमितको मृत्यु भएको छ ।

भिडियो हेर्नुहोस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/297633841455141/

उपत्यकामा ६२ जना संक्रमित थपिए
काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमति थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८, ललितपुर १ र भक्तपुर १३ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५४१, ललितपुरमा १०९ र भक्तपुरमा ७७ पुगेको छ। योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ७२७ पुगेको छ। मंगलबार देशभर २५९ संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ।

 


Thali Mobile Pvt.Ltd.