भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

बहाव बढ्दै जाँदा गण्डक बाँध भत्किने अवस्थामा

बहाव बढ्दै जाँदा गण्डक बाँध भत्किने अवस्थामा

९ साउन २०७७ त्रिवेणी । हरेक वर्ष डुबानको समस्यामा पार्ने गण्डक बाँध यतिबेला भत्किने खतरामा रहेको छ । ५० वर्षअघि निर्माण गरिएको बाँध जीर्ण अवस्थामा आएको छ । वर्षातको पानीले बहाव बढ्दै जाँदा जुनसुकै बेला पनि बाँध भत्किन सक्ने जानकार बताउँछन् ।

बाँध बनाउन नेपाल र भारत सरकारबीच १९५९ मा गण्डक सम्झौता भएको थियो । सम्झौताको पाँच वर्षपछि बाँध निर्माण सम्पन्न भएको थियो । साढे ८ लाख क्यूसेक पानीको वहाव धान्ने क्षमता भएको बाँध सन् २००८ मा ६ लाख २९ हजार क्यूसेक पानीको वहावले भत्काइदिएको थियो । साढे ७ लाख क्यूसेक पानी बग्नुपर्ने भए पनि त्योभन्दा कम पानीले नै बाँध भत्किएकोले परियोजना असफल भइसकेको गण्डक नदी नियन्त्रण संघर्ष समितिले जनाएको छ ।

नदीमा पानीमुनिको जमिनको सतह उचालिँदै गएको छ । नदीले बगाएर ल्याउने माटो, गेगर र बालुवाले पिँधको भाग उचालिने गरेको छ । नदीले धारसमेत परिवर्तन गर्ने अवस्था आएको छ । राजनीतिक दलहरूले भोटको राजनीतिमात्रै गरेको र दीर्घकालीन समाधान दिन नसकेको जानकारहरु बताउछन् । नेपाल र भारतको दुबै देश मिलेर स्थायी समाधान निकाल्नेतर्फ ध्यान दिनुपर्नेमा त्यसो हुन नसकेको स्थानीयबासिन्दाको भनाइए छ ।

गण्डक बाँधले पश्चिम नवलपरासीको नर्सहीदेखि पक्लिहवासम्म जोखिम बढेको छ । नर्सही, कुडिया, रानीनगर, पक्लिहवा मात्र नभई त्रिवेणीदेखि लिएर त्रिवेणीको मुहान ठटियाखोलासम्म जोखिम बढेको हो । दुबै देशका अधिकारीहरू मिलेर समस्या समाधान निकाल्नु पर्ने स्थानीयको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.