भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

यसपालीकाे गाईजात्रा पर्व सुरक्षित र औपचारिकतामा मात्रै सिमित हुने

यसपालीकाे गाईजात्रा पर्व सुरक्षित र औपचारिकतामा मात्रै सिमित हुने

१६ साउन २०७७ भक्तपुर । विश्व महामारीका रुपमा फैलिरहेको कोभिड १९ संक्रमण दिन प्रतिदिन बढिरहेकाले २०७७ सालको गाईजात्रा पर्वलाई सुरक्षित र औपचारिकतामा सीमित गरी मनाउने भन्दै वडाबासीकोे भेला सम्पन्न भएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले भक्तपुर नगरपालिका ऐतिहासिक र सांस्कृतिक रुपमा धनी सहर भएको हुँदा यहाँ मनाइने हरेक पर्वहरुको आफ्नै महत्व हुदा हुदै पनि समुदायस्तरमा कोरोना संक्रमित देखिन थालेपछि औपचारिक्तामा मात्रै सिमित राखेर मनाउने निर्णय गरेका हुन ।

वर्तमान अवस्थामा रोगको संक्रमण फैलिन नदिन भक्तपुर नगरपालिकाले गाईजात्रा पव, जात्रामा प्रदर्शन हुने घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक प्रदर्शनीहरु लाई औपचारिकतामा सीमित गर्न गरेको आग्रहमा नगरबासी सहमत भएकोमा नगरप्रमुखले धन्यवाद दिए ।

जनता र समुदायको हितका निम्ति गरेको निर्णयमा नगरबासीहरुको साथ र सहयोग, हौसला र महामारी भयावह स्थिति आउन सक्नेतर्फ सचेत भएको हुदा धन्यवाद दिएका हुन । कार्यक्रममा नगरप्रमुख प्रजापतिले क्षणिक मनोरञ्जनबाट हुने सक्ने खतराबारे अवगत गराउदै स्वस्थ जस्तो संवेदनशील विषयमा हेलचेक्र्याइँ गर्न नहुने बताए । विषम परिस्थितिमा जात्रालाई सुरक्षित ढंगले मनाउने कार्यमा भनपाका वडाअध्यक्षले एक्युवद्धता जनाएका थिए ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवाल, कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवाल, नेमकिपा ४ नं. वडा समन्वय समितिका सदस्यद्वय उपेन्द्र सुवाल, न्हुछेराम भेले, वडा सदस्य राजेन्द्र माक, वडा इकाइ समितिका हरिसुन्दर सुवाललगायतले नगरको निर्णयलाई पालना गर्दै गाईजात्रा सभ्य र सामाजिक दुरी कायम गरी मनाउनुपर्ने धारणा राखेका थिए ।

 


Thali Mobile Pvt.Ltd.