भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

लोहोरो प्रहार गरी श्रीमतीको हत्या

लोहोरो प्रहार गरी श्रीमतीको हत्या

पाँचथर, । पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा घरायसी झगडामा श्रीमान्ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । इम्बुङका इन्द्रकुमार नेम्वाङले यही पुस ९ गते घरायसी झगडामा आफ्नी श्रीमती ४५ वर्षीया जीवनकुमारी नेम्वाङको टाउकोमा लोहोरोले प्रहार गरेका थिए । लोहोरोले लागेर गम्भीर घाइते भएकी जीवनकुमारीको झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेकामा आइतबार उपचारकै क्रममा मृत्यु भएको थियो ।

जीवनकुमारीको मृत्यु भएपछि उक्त विषयको जानकारी पाएको प्रहरीले लगत्तै इन्द्रकुमारलाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । घटनाबारे नेम्वाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.