भर्खरै : Sorry, your browser does not support inline SVG.

वादल समूहकाे गोप्य भेलामा

वादल समूहकाे गोप्य भेलामा

१८साउन२०७७ काठमाडौं । नेकपा भित्र आन्तरिक किचलो बढ्दै जाँदा रामबहादुर थापा बादल समेतले आफू पक्षका नेताहरुलाई बोलाएर छलफल थालेको छ ।

सचिवालय बुहमतको निर्णयलाई लत्याएर स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गरेको सत्तारुढ नेकपामा आरोप छ । दाहालले आफू पक्षका नेताहरुलाई कित्ता क्लियर गर्न दिएको निर्देशनपछि नेताहरुले आफ्ना समूहका नेताहरुसँग छलफल थालेका हुन् । प्रधानमन्त्री ओलीले पनि केही हप्ता अघि आफ्नो क्याबिनेटका मन्त्रीहरुलाई ‘कित्ता क्लियर’ गर्न चेतावनी दिएका थिए ।

त्यसकै जवाफमा दाहालले पनि आफू पक्षका नेताहरुलाई त्यस्तै चेतावनी दिएका हुन् । सचिवालय सदस्य बामदेव गौतमको भैँसेपाटी निवासमै प्रधानमन्त्री केपी शर्मा ओली ‘डिनर’का लागि सवार भएपछि त नेकपा भित्रको राजनीति झनै पेचिलो बन्दै गएको छ।

 


Thali Mobile Pvt.Ltd.