भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

श्रमका हाकिम कार्यकक्षमै महिला कर्मचारीद्वारा कुटिए

श्रमका हाकिम कार्यकक्षमै महिला कर्मचारीद्वारा कुटिए

१७ साउन २०७७ विराटनगर । श्रम कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेल आफ्नै कार्यालयका कार्यालय सहयोगी कर्मचारीद्धारा कार्यकक्षमै कुटिएका छन् । हरेक शनिबार कार्यालय जाने सञ्जेल आज शनिबार पनि केही ढिलागरी कार्यालय पुगेका थिए ।

कार्यालयमा पुगेपछि कार्यालय सहियोगी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालाले उनलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । सञ्जेलले यौन दुव्र्यवहार गरेको, अनावश्यक काममा पेलाएको, जिम्मामै नभएको वस्तुको सुरक्षामाथि प्रश्न उठाएर दुःख दिएको महिलाले आरोप लगाएकी छन् ।

महिला कर्मचारीहरुले कार्यालय प्रमुखको टेवलमा रहेको टेवल वेटले सञ्जेलमाथि प्रहार गरेका थिए । हात र मुक्काले पिटेका कारण प्रमुख सञ्जेलको ओठ काटिएको छ भने टाउकोको विभिन्न भागमा चोट लागेको छ । घटनापछि प्रहरीले तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा लगेको छ ।

यता सञ्जेलले भने आफुलाई कार्यकक्षको ढोका थुनेर नियोजित आक्रमण गरी ज्यान मार्न खोजेको भन्दै ज्यान मार्ने उद्योगको जाहेरी दर्ता गराउने प्रयास गरेका छन् । सञ्जेल भ्रष्टाचार विरोधी अभियानको अभियान्ताको रुपमा परिचित छन् ।

 


Thali Mobile Pvt.Ltd.