भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

आज थपिएका ३१५ जनासंगै नेपालमा संक्रमितको संख्या २० हजार नाघ्यो, थप एक जनाको मृत्यु (भिडियो)

आज थपिएका ३१५ जनासंगै नेपालमा संक्रमितको संख्या २० हजार नाघ्यो, थप एक जनाको मृत्यु (भिडियो)

१७ साउन २०७७ काठमाडौं । थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै कैलालीमा ९८ जना संक्रमित भेटिएका छन् । यस्तै बझाङका ६८ जना, पर्साका ६६ जना, अछामका २८ जना, इलामका २२ जना, कञ्चनपुरका ९ जना र सप्तरीका ७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं र सिराहाका ५र५ जना, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २र२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । उनीहरुमध्ये ५६ जनाको मृत्यु भएको छ भने १४ हजार ४९२ जना निको भएका छन् ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/642883113250689/

एक जनाको मृत्यु एकको अवस्था गम्भीर
वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृतकको संख्या १० पुगेको छ । नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै बिहान मृत्यु भएको थियो । उनीसँगै संक्रमण पुष्टि भएकी नगवाकी ६० बर्षीया महिलाको अवस्था पनि गम्भिर छ ।

 


Thali Mobile Pvt.Ltd.