भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

१६ लाखबढी घुससहित भेरी अस्पतालका कमर्चारी पक्राउ

१६ लाखबढी घुससहित भेरी अस्पतालका कमर्चारी पक्राउ

९ साउन २०७७ बाँके । नेपालगन्जस्थित भेरी अस्पतालका एक कर्मचारी घुससहित पक्राउ परेका छन् ।

भेरी अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाल १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ घुस रकमसहित बिहिबार पक्राउ परेका हुन् । रकम सहित उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनले विभिन्न फर्म तथा पसलेहरुबाट कमिशनबापत १० लाखभन्दा बढी नगद र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको सूचनाका आधारमा खानतलाशी गर्दा उक्त रकम सहित आवश्यक अनुसन्धानका लागि खनाललाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

 


Thali Mobile Pvt.Ltd.