भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार

इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार

एजेन्सी, २७ साउन । इन्डोनेसियाको पश्चिम नुसा तेङ्गारा प्रान्तअन्तर्गत लोम्बोक टापुको समुद्री क्षेत्रमा यात्रुवाहक डुङ्गामा आगलागी भएको छ। आगलागीपछि डुङ्गामा सवार ११२ जनाको उद्धार गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार ‘पुत्री यास्मिन’ नामक यात्रुवाहक डुङ्गा बालीबाट लोम्बोकतर्फ जाँदै गर्दा बुधबार समुद्रमा आगलागी भएको थियो।

आगलागीपछि उद्धारका लागि विभिन्न टोली परिचालन गरिएको थियो। नजिकै रहेको एउटा डुङ्गाले ३६ जनालाई उद्धार गरी बालीतर्फ फिर्ता ल्याएको थियो। त्यस्तै, खोज तथा उद्धार एजेन्सीको जहाजले ५९ जनाको उद्धार गरेको जनाइएको छ।यसैगरी, नौसेनाको एउटा जहाजले समुद्रमा रहेका थप १७ जनालाई उद्धार गरेको अधिकारीहरूले बताएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त डुङ्गामा ११४ जना यात्रु र १७ जना चालक दलका सदस्य गरी कुल १३१ जना सवार थिए। आगलागीपछि यात्रु तथा चालक दलका सदस्यको अवस्थाबारे उद्धार कार्य जारी रहे पनि हालसम्म कुनै मानवीय क्षति पुष्टि भएको छैन।डुङ्गामा आगलागी हुनुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.