भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार

इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार

एजेन्सी, २७ साउन । इन्डोनेसियाको पश्चिम नुसा तेङ्गारा प्रान्तअन्तर्गत लोम्बोक टापुको समुद्री क्षेत्रमा यात्रुवाहक डुङ्गामा आगलागी भएको छ। आगलागीपछि डुङ्गामा सवार ११२ जनाको उद्धार गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार ‘पुत्री यास्मिन’ नामक यात्रुवाहक डुङ्गा बालीबाट लोम्बोकतर्फ जाँदै गर्दा बुधबार समुद्रमा आगलागी भएको थियो।

आगलागीपछि उद्धारका लागि विभिन्न टोली परिचालन गरिएको थियो। नजिकै रहेको एउटा डुङ्गाले ३६ जनालाई उद्धार गरी बालीतर्फ फिर्ता ल्याएको थियो। त्यस्तै, खोज तथा उद्धार एजेन्सीको जहाजले ५९ जनाको उद्धार गरेको जनाइएको छ।यसैगरी, नौसेनाको एउटा जहाजले समुद्रमा रहेका थप १७ जनालाई उद्धार गरेको अधिकारीहरूले बताएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त डुङ्गामा ११४ जना यात्रु र १७ जना चालक दलका सदस्य गरी कुल १३१ जना सवार थिए। आगलागीपछि यात्रु तथा चालक दलका सदस्यको अवस्थाबारे उद्धार कार्य जारी रहे पनि हालसम्म कुनै मानवीय क्षति पुष्टि भएको छैन।डुङ्गामा आगलागी हुनुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.