भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

इरानी प्राथमिक विद्यालयमा आक्रमणको न्यायका लागि संयुक्त राष्ट्रसंघको दबाब

इरानी प्राथमिक विद्यालयमा आक्रमणको न्यायका लागि संयुक्त राष्ट्रसंघको दबाब

काठमाडौँ, १५ चैत्र । संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले अमेरिकालाई इरानको एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणको अनुसन्धान तत्काल निष्कर्षमा पु¥याउन र त्यसका निष्कर्षहरू सार्वजनिक गर्न आग्रह गरेका छन्।

टर्कले ‘भयानक क्षतिको न्याय हुनुपर्ने’ कुरामा जोड दिँदै, संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ६१औं सत्रमा आयोजित एक जरुरी बहसमा भिडियो सन्देशमार्फत प्राथमिक विद्यालयमा भएको बमबारीले ‘भयानक त्रास’ उत्पन्न गरेको बताएका छन्।

मिनाबको शजरेह तय्येबेह प्राथमिक विद्यालयमा भएको बमबारीले गहिरो त्रास जगाएको, कक्षाकोठा ध्वस्त भएको र शोकमा डुबेका अभिभावकहरूको तस्विरले युद्धको सबैभन्दा ठूलो मूल्य बालबालिकाले भोग्नु परेको स्पष्ट पारेको उनको भनाइ थियो।टर्कले भने, “देशहरूबीच जस्तोसुकै मतभेद भए पनि, विद्यालयका बालबालिकालाई मारेर ती समस्या समाधान हुँदैनन्।”

इरानमा द्वन्द्व बढ्दै जाँदा, अमेरिकी र इजरायली आक्रमणले घना बस्ती भएका आवासीय क्षेत्रहरूमा प्रहार गरेको, नागरिक पूर्वाधारहरू नष्ट भएको र परमाणु सुविधाहरूलाई निशाना बनाएको चेतावनी उनीहरूले दिएका छन्। उनले मध्यपूर्व र खाडी क्षेत्रमा सैन्य तनाव खतरनाक स्तरमा पुगेको र प्रत्यक्षरूपमा संलग्न देशहरूमा थप आक्रमण तथा नागरिक पीडा बढ्ने उच्च जोखिम रहेकोमा पनि जोड दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.