भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

श्रीलङ्कामा ६ महिनाभित्र सडक दुर्घटनामा परी एक हजार भन्दा बढीको मृत्यु

श्रीलङ्कामा ६ महिनाभित्र सडक दुर्घटनामा परी एक हजार भन्दा बढीको मृत्यु

काठमाडौं । श्रीलङ्कामा सन् २०२४ को पहिलो छ महिनामा एक हजार १०३ सडक दुर्घटना भएको र यसका कारण एक हजार १५४ जनाको मृत्यु भएको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ।

श्रीलङ्काका यातायात राज्यमन्त्री लासन्था अलागियावान्नाले देशमा सडक दुर्घटना दर बढी भएको स्वीकार गर्दै यसलाई नियन्त्रणका लागि सरकारले यथासम्भव प्रयास जारी राख्ने बताए।

राष्ट्रिय सडक सुरक्षा परिषद्ले गति नियन्त्रण उपकरण खरिदका लागि श्रीलङ्का प्रहरीलाई पाँच करोड भारतीय रूपैयाँ विनियोजन गरेको र आगामी दुई हप्ताभित्र नयाँ सडक गति सीमासहितको राजपत्र पनि जारी गरिने उनले बताए।

श्रीलङ्कामा सन् २०२३ मा दुई हजार २०० सवारी दुर्घटना भएको र यसबाट दुई हजार ५५७ जनाको अकालमा मृत्यु भएको थियो। एजेन्सी

 


Thali Mobile Pvt.Ltd.