भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

युक्रेनमा नाटोको विस्तार रुसका लागि ‘अस्वीकार्य खतरा’ हुने सङ्केत

युक्रेनमा नाटोको विस्तार रुसका लागि ‘अस्वीकार्य खतरा’ हुने सङ्केत

काठमाडौं । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को युक्रेनमा विस्तार हुनु रूसको सुरक्षाका लागि ‘अस्वीकार्य खतरा’ भएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् । वासिङ्टनमा भएको नाटो शिखर सम्मेलनमा अस्ति बुधवार पारित संयुक्त घोषणापत्रमा ‘युक्रेनको भविष्य नाटो मै रहेको’ उल्लेख भएपछि पेस्कोभको यो टिप्पणी आएको हो ।

पेस्कोभले नाटोको गठबन्धन युक्रेनी द्वन्द्वमा पूर्ण रूपमा संलग्न रहेकाले यसको सैन्य पूर्वाधार क्रमिक रूपमा रूसको सीमातर्फ अघि बढिरहेको दाबी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । शिखर सम्मेलनमा अपनाइएका उपायले रूसको राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न उपयुक्त कदम चाल्न बाध्य बनाएको क्रेमलिनका प्रवक्ता पेस्कोभले बताए ।

नाटोलाई नियन्त्रण गर्न विचारशील, समन्वयात्मक र प्रभावकारी प्रतिकार्य उपायहरू बनाउन जरुरी रहेको रुसको भनाई छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.