भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

युक्रेनमा नाटोको विस्तार रुसका लागि ‘अस्वीकार्य खतरा’ हुने सङ्केत

युक्रेनमा नाटोको विस्तार रुसका लागि ‘अस्वीकार्य खतरा’ हुने सङ्केत

काठमाडौं । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को युक्रेनमा विस्तार हुनु रूसको सुरक्षाका लागि ‘अस्वीकार्य खतरा’ भएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् । वासिङ्टनमा भएको नाटो शिखर सम्मेलनमा अस्ति बुधवार पारित संयुक्त घोषणापत्रमा ‘युक्रेनको भविष्य नाटो मै रहेको’ उल्लेख भएपछि पेस्कोभको यो टिप्पणी आएको हो ।

पेस्कोभले नाटोको गठबन्धन युक्रेनी द्वन्द्वमा पूर्ण रूपमा संलग्न रहेकाले यसको सैन्य पूर्वाधार क्रमिक रूपमा रूसको सीमातर्फ अघि बढिरहेको दाबी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । शिखर सम्मेलनमा अपनाइएका उपायले रूसको राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न उपयुक्त कदम चाल्न बाध्य बनाएको क्रेमलिनका प्रवक्ता पेस्कोभले बताए ।

नाटोलाई नियन्त्रण गर्न विचारशील, समन्वयात्मक र प्रभावकारी प्रतिकार्य उपायहरू बनाउन जरुरी रहेको रुसको भनाई छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.