भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी

स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी

काठमाडौं, ७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा जहाजहरूमाथि हुने आक्रमण नरोकिए इरानका महत्त्वपूर्ण भौतिक पूर्वाधारहरू ध्वस्त पार्ने चेतावनी दिएका छन् ।

ट्रम्पले इरानी सेनाले कुनै पनि जहाजमाथि मिसाइल, रकेट वा ड्रोनमार्फत आक्रमण गरे त्यसको जवाफस्वरूप इरानका पुल, पावर प्लान्ट तथा अन्य रणनीतिक संरचनामाथि सैन्य कारबाही गरिने बताएका हुन् ।

सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत उनले सम्भावित लक्ष्यहरूमा राजधानी तेहरान तथा वरपरका महत्त्वपूर्ण पूर्वाधारसमेत पर्न सक्ने उल्लेख गरेका छन् ।

पछिल्ला ११ दिनदेखि अमेरिका र इरानबीच तनाव बढ्दै गएको छ । इरानी सञ्चारमाध्यमका अनुसार तेहरान, ताब्रिज र बुशेहरलगायत विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन् । बुशेहरमा इरानको एकमात्र सञ्चालनमा रहेको आणविक विद्युत् केन्द्र रहेको छ ।

ट्रम्पले इरानको भूमिगत ‘पिक्याक्स माउन्टेन’ आणविक केन्द्र लाई पनि सम्भावित लक्ष्य बनाउन सकिने सङ्केत दिएका छन् ।

यता, इरानका शीर्ष वार्ताकार मोहम्मद बागेर घालिबाफले अमेरिकालाई कडा चेतावनी दिँदै इरानको सुरक्षा सुनिश्चित नभए क्षेत्रका कुनै पनि पूर्वाधार सुरक्षित नरहने बताएका छन् । उनले इरानले तेल निर्यात गर्न नपाए अरू देशले पनि सहज रूपमा तेल निर्यात गर्न नसक्ने चेतावनी दिएका छन् ।

बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ । हाल कच्चा तेलको मूल्य बढेर प्रति ब्यारेल ९४ अमेरिकी डलर पुगेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.