भर्खरै : Sorry, your browser does not support inline SVG.

असल कम्युनिस्ट

असल कम्युनिस्ट

उबेला उसलाई
रातो मन पर्दैन थियो
किनकि,
रातो भनेको बिद्रोह हो
रातो भनेको क्रान्ति हो ।

उबेला उसले,
रातो झण्डा बोक्ने
ती राता मान्छेहरु
पटक्कै मन पराउँदैथ्यो
किनकि,
राता मान्छेहरु भनेका
माओवादीहरु थिए
माओवादीहरु भनेका
राता मान्छेहरु थिए
अर्थात् क्रान्तिकारीहरु
त्यसैले,
उसलाई उबेला
क्रान्तिकारीहरूको
काचै मासु खाँउ खाँउ झै लाग्थ्यो ।

उबेला रातो रङ्ग प्रति
यति विग्न वितृष्णा
थियो कि उसलाई
उसले आफ्नो श्रीमतीलाई
रातो साडी, रातोचुरा
र रातो लिबिस्टिकसम्म पनि
लगाउन नै बन्देज गरेको थियो ।

उबेला
उसको लागि
रातो रंङसँग सम्बन्धित्
सबै मान्छेहरू आतंककारी लाग्थे
त्यसैले
उनीहरू जहाँ भेटिन्छन्
त्यहीँ मारिदिउँ झै लाग्थ्यो ।

तर
अचम्म
समय बदलिए झै
मान्छेहरू पनि
यति चाँडै बदलिँदा रहेछन् कि
जसको उदाहरण
अचेल ऊ बनेको छ
ऊ अर्थात् कमरेड रणभूमि ।

अचेल ऊ
मन्त्री भएको छ
साथसाथै राता मान्छेहरुको
प्रतिनिधि पनि हो ऊ ।

अचेल
उसको प्रत्येक शब्दमा
क्रान्तिको सुन्दर परिभाषा हुन्छ
र भन्छ,
असल कम्युनिस्ट
यसरी बन्नु पर्छ कामरेड

H.P.मगर ‘टुहुरो’

 


Thali Mobile Pvt.Ltd.