भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

कुइनेमङ्गलेमा ठूलोखोला जलविद्युत्को निर्माण हुने

कुइनेमङ्गलेमा ठूलोखोला जलविद्युत्को निर्माण हुने

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१।३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको सो आयोजनाले ढाँचा र आधारभूत पूर्वाधार निर्माणको तयारीमा जुटेको आयोजनाका व्यवस्थापक अनुरोध अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार रघुगङ्गा नदीस्थित फेदीखोलामा मुहान रहने आयोजनामा तीन हजार ३७७ मिटर लामो सुरुङमार्गबाट ल्याइएको पानीलाई छरीस्थित रघुगङ्गा नदिको किनारमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ । आयोजनाले बन्दीघाटसम्म पुगेको सडकको ट्रयाकलाई छरी हुँदै अगाडि बढाइसकेको छ । यस आयोजनामा करिब नौ किलोमिटर पहुँचमार्ग निर्माण गर्नुपर्ने जनाइएको छ ।

आयोजनाले पहुँचमार्ग, आवासगृह निर्माणसँगै आवश्यक जग्गा प्राप्तिको कामलाई समेत अघि बढाएको व्यवस्थापक अधिकारीले बताउनुभयो । तीन वर्षभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माणमा जुटेको सो आयोजना सम्पन्न गर्न करिब रु तीन अर्ब ६० करोड लागत अनुमान गरिएको छ । विद्युत्गृह, अडिट, आवासलगायतका लागि ३४ रोपनी जग्गा प्राप्ति भइसकेको र बाँकी रहेको जग्गा प्राप्तिको काम अघि बढाइएको आयोजनाका आवासीय इञ्जिनीयर पवित्रमान बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी जग्गा उपभोगका लागि समेत आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

आयोजना निर्माणपूर्वका पूर्वाधार निर्माणका लागि अहिले दैनिक ४० देखि ५० जनशक्ति परिचालन गरिएको छ भने पहुँचमार्गलगायतका पूर्वाधार तयार गर्न तीन डोजर र एकक ब्याकहुलोडर मेसिन परिचालन गरिएको आयोजनाले जनाएको छ । आयोजनाको आउटलेटबाट निस्कने पानीलाई समेत प्रयोग गरी पुनः जलविद्युत् निकाल्नका लागि अपर ठूलोखोला जलविद्युत्को समेत अध्ययन भइरहेको छ । रघुगङ्गा नदीको चिमखोलामा टुँडी पावर कम्पनीले ३५।५ मेगावाट क्षमताको राहुघाट मङ्गले जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण शुरु गरेको छ भने ४८ मेगावाटको अपर राहुघाट जलविद्युत्को समेत ठेक्का लगाइसकेको छ । रघुगङ्गा नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.