भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

गुल्मी रेडक्रसलाई स्वास्थ्य सामग्री प्रदान

गुल्मी रेडक्रसलाई स्वास्थ्य सामग्री प्रदान

गुल्मी रेडक्रसलाई स्वास्थ्य सामग्री प्रदान
गुल्मी । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले गुल्मी जिल्ला शाखालाई कोभिड–१९ का लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । ती सामग्रीमा ३५ हजार मास्क, ६५ पिपिई, १० थर्मल गन, ६५ चस्मा, १०० फेस शिल्ड, ६५ गाउन, चार अक्सिजन कन्सन्ट्रेटरलगायतका छन् ।

सोसाइटीका केन्द्रीय महामन्त्री महामन्त्री पीताम्बर अर्यालले जिल्ला सभापति राजेन्द्र श्रेष्ठलाई ती सामग्री प्रदान गर्नुभयो । सो अवसरमा महामन्त्री अर्यालले कोरोना महामारी नियन्त्रणमा सोसाइटीले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिँदै यस प्रकारका सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा आफ्ना शाखा कार्यालयलाई वितरण भएको बताए । उहाँले भन्नुभयो“ विपदका अवस्थामा सोसाइटीले निस्वार्थ मानवीय सेवामा जुटिरहेको छ । ”

सोही अवसरमा ती सामग्री नेपाली सेना, नेपाल प्रहरी, पत्रकार महासङ्घ जिल्ला शाखा ,स्वास्थ्य कार्यालय तथा सोसाइटीका शाखालाई वितरण गरिएको थियो । जिल्ला सभापति श्रेष्ठले राजनीति आस्था र विचारभन्दा माथि उठेर सोसाइटीले मानवीय सेवा गरिरहेको बताए।

 


Thali Mobile Pvt.Ltd.