भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

गैँडा तस्करीमा फरार प्रतिवादी पक्राउ

गैँडा तस्करीमा फरार प्रतिवादी पक्राउ

चितवन । गैँडा तस्करी गरेको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितनवको तत्कालीन सिद्धि गाविस–३ हाल कालिका नगरपालि०का बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् । उनलाई यही जेठ ७ गते पक्राउ गरिएको हो । प्रजालाई तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवाको ठुलेचौर भन्ने ठाउँबाट पक्राउ गरिएको हो ।

उनले विसं २०६७ चैत २७ गते धोवाहा रतनी घाटमा भाले गैँडालाई गोली हानी खाग तस्करी गरेको अभियोगमा विशेष अदालतले १५ वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो । उनलाई अदालतले विसं २०७४ फागुन १५ गते सो फैसला सुनाएको थियो । उनलाई गैँडा तस्करीसँगै चोरी शिकारीमा संलग्न तीन मुद्दामा दोषी ठहर भई फरार रहेको अवस्थामा पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा चार फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । ट्राफिक भवनको शिलन्यास जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको कार्यालय भवन शिलान्यास गरिएको छ । चितवनका प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालय परिसरमा बन्न लागेको नयाँ भवनको शिलान्यास गर्नुभएको हो । कार्यालय भवन प्रहरी कार्यालयको पछाडिपट्टि छ कोठाको बन्ने छ ।

कार्यालय भवन यो आर्थिक वर्षमा डिपीसी मात्र तयार गरिने छ । डिपीसीका लागि रु ५१ लाख बजेट विनियोजन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख भगवानराज थापाले जानकारी दिनुभयो । उहाँका अनुसार भवनको अन्य बाँकी निर्माणको काम अर्को आवमा गरिने छ । भवन निर्माणका लागि यकिन बजेट विनियोजन भएको छैन ।

उहाँका अनुसार कति रकममा भवन निर्माण हुने भन्ने अहिले बजेट विनियोजन भइसकेको छैन । आफ्नै भवन नहुँदा र लामो समय भाडामा कार्यालय सञ्चालन गर्नुपर्दा विभिन्न किसिमको समस्या हुने गरेको बताउँदै उक्त भवन निर्माणसँगै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने प्रमुख थापाले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.