भर्खरै : Sorry, your browser does not support inline SVG.

तीन सय शिक्षकको गयो जागिर

तीन सय शिक्षकको गयो जागिर

८ साउन २०७७ काठमाडौं । कोभिड–१९ नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनयता निजी विद्यालयका तीन सय शिक्षक–कर्मचारी बेरोजगार भएका छन् ।

काठमाडौं उपत्यकामा मात्रै ४८ शिक्षक निश्कासनमा परेको संस्थागत विद्यालय शिक्षक युनियनले जनाएको छ ।निश्कासनमा परेका शिक्षक–कर्मचारीलाई तुरुन्त पुनर्बहाली नगरे आफूहरूले कडा आन्दोलन गर्ने युनियनले चेतावनी छ । यो विषय शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, स्थानीय सरकारहरूलाई पनि अवगत गराइसकेको युनियनले जानकारी दिएको छ ।

जागिरमा बहाल रहेका कतिपय शिक्षक–कर्मचारी पनि तलब सुविधा पाएका छैनन् । देशभरी निजी विद्यालयमा मात्रै दुई लाखभन्दा बढी शिक्षक–कर्मचारी कार्यरत छन् ।

 


Thali Mobile Pvt.Ltd.