भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘थोत्रे साइकल’ सार्वजनिक

‘थोत्रे साइकल’ सार्वजनिक

काठमाडौं । ईलामको रमणीय चिया बगानको दृश्य समेटेर तयार पारिएको थोत्रे साइकल सार्वजनिक भएको छ। यस म्युजिक भिडियोमा गायक राजा खतिवडा र गायिका योजना पुरीको युगल गायन रहेको छ।

पुस्कर खतिवडाको शब्द र संगीतमा रहेको यस गीतलाई ओम सुनारले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोम स्वयम गायक राजा खतिवडा र सृजु ढुंगाना बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । भिडियोमा राजन मोक्तान, हेमलाल घिमिरे र सफल पुरीको समेत अभिनय देख्न सकिन्छ। म्युजिक भिडियोमा ओम प्रसाई छायांकन र नविन निरौलाको सम्पादन छ ।

saikal जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो । आफ्नो पहिलो डेब्यु भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायक खतिवडाले सम्पुर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् । साथै आगामी दिनमा अझ स्तरिय सिर्जनाहरु सार्वजनिक गर्दै जाने गायक खतिवडाले बताए ।

हेर्नुहाेस् भिडियाे…

 


Thali Mobile Pvt.Ltd.