भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

नगद रु १५ लाख सहित जुवाको खालबाट ११ जना पक्राउ

नगद रु १५ लाख सहित जुवाको खालबाट ११ जना पक्राउ

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट प्रहरीले रु १५ लाख नगद सहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । माछापुच्छ्रे–२ तातोपानी स्थित तातोपानीईन होटलमा बुधबार जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरीले उनीहरुलाई तास खेल्दै गरेका अवस्थामा रु १५ लाख २४ हजार ७० नगद सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा स्याङ्जाको हरिनाश गाउँपालिका–३ स्यानोकान्लाका २८ वर्षीय कमल भण्डारी, पोखरा–१७ ड्यामसाईडका २३ वर्षीय सरोज श्रेष्ठ, स्याङ्जा पुतलीबजार–०२ ज्यामिरेका २८ वर्षीय दीपेश गुरुङ, अर्घाखाँची भूमिकास्थान नगरपालिका–२ स्थायी घर भई हाल पोखरा–१७ ड्यामसाईडका ३४ वर्षीय दामोदर पौडेल, पोखरा–१७ छोरेपाटनका २६ वर्षीय विनय गुरुङ र पोखरा–१७ छोरेपाटनका ३२ वर्षीय कर्ण के।सी छन् ।

यसैगरी चितवन भरतपुर महानगरपालिका–१ घर भई पोखरा बसपार्कका ३५ वर्षीय राजु घिमिरे, पोखरा–८ सिमलचौर बस्ने ४३ वर्षीय नारायण सिग्देल, पोखरा–६ बैदामका ४३ वर्षीय राजु कार्की, पोखरा–२६ अर्घौंअर्चलेका ३३ वर्षीय स्वागत रानाभाट र बाग्लुङ नगरपालिका –८ घर भई हाल पोखरा– १७ ड्यामसाईडका ३९ वर्षीय मनबहादुर खड्का छन् ।

पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिप्रकाका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.