भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

नेपाल आइडल सिजन ३ की सज्जा चौलागाईं

नेपाल आइडल सिजन ३ की सज्जा चौलागाईं

काठमाडौँ । नेपाल आइडल सिजन ३ की विजेता मोरङकी सज्जा चौलागाईंले निकै मिहनतका साथ उपाधी जितेकी हुन् । प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरण भुजेल दोस्रो बने ।

नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएसँगै सबैजना आइसोलेसनमा जानु परेका कारण अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गरेका हुन् । आइडल बनेकी सज्जाले ५० लाख रुपैयाँ पुरस्कार पाएकी छिन् । त्यस्तै प्रवीणले १० र किरणले नगद ५ लाख पुरस्कार पाए ।

ग्रान्ड फिनालेको प्रस्तुति प्रशारणपछि यसबारे सूचना दिइएको थियो, कोरोना असरबाट नेपाल आइडल पनि अछुतो रहन सकेन । ग्रान्ड फिनालेका सम्पूर्ण प्रस्तुतिहरु सकिएपछि नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएपछि प्रस्तुति पछाडिका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नेपाल आइडलका प्रतिस्पर्धी तथा निर्णायक आइसोलेसनमा जानुपर्ने बाध्यता आइलाग्यो ।

वाइल्ड कार्डको प्रस्तुतिपछि लकडाउनका कारण आइडल रोकिएको थियो । यो श्रृङ्खलापछि शीर्ष पाँच घोषणा गर्ने तयारी थियो । लकडाउन घोषणा हुनासाथ प्रतिस्पर्धीहरुलाई आ–आफ्नो घर पठाइएको थियो । लकडाउन खुकुलिएपछि दर्शकबिना नै बाँकी कार्यक्रम आइडलले प्रशारण भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.