भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

फरार प्रतिवादी १० वर्षपछि पक्राउ

फरार प्रतिवादी १० वर्षपछि पक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत सुर्खेतले २०६८ भदौ २८ गते ज्यान मार्ने उद्योगको मुद्दामा पाँच वर्ष कैदको फैसला सुनाइएका दुल्लु नगरपालिका–६ दैलेख छिउडी पुसाकोटका ३४ वर्षीय प्रदीप खड्कालाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार वीरेन्द्रनगर बजारबाट पक्राउ गरी एन्टिजेन परीक्षणपश्चात् सुर्खेत जिल्ला अदालतमा बुझाइएको जिप्रका सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।

त्यस्तै जिल्ला अदालत सुर्खेतको २०७६ पुस २ गतेको फैसलाले नौ वर्ष दुई महिना १३ दिन कैदसहित रु २५ हजार जरिवानाको फैसला गरिएका मानव बेचविखन ओसारपसार मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेतका ४० वर्षीय भीमप्रसाद न्यौपानेलाई पनि पक्राउ गरी अदालतमा बुझाइएको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो । त्यसैगरी चेक अनादर मुद्दामा अदालतले २०७७ असार १० गते रु ४२ हजार ५०० जरिवाना हुने गरी फैसला सुनाइएका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत कालागाउँका ४६ वर्षीय धर्मराज गिरीलाई समेत पक्राउ गरी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.