भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बहाव बढ्दै जाँदा गण्डक बाँध भत्किने अवस्थामा

बहाव बढ्दै जाँदा गण्डक बाँध भत्किने अवस्थामा

९ साउन २०७७ त्रिवेणी । हरेक वर्ष डुबानको समस्यामा पार्ने गण्डक बाँध यतिबेला भत्किने खतरामा रहेको छ । ५० वर्षअघि निर्माण गरिएको बाँध जीर्ण अवस्थामा आएको छ । वर्षातको पानीले बहाव बढ्दै जाँदा जुनसुकै बेला पनि बाँध भत्किन सक्ने जानकार बताउँछन् ।

बाँध बनाउन नेपाल र भारत सरकारबीच १९५९ मा गण्डक सम्झौता भएको थियो । सम्झौताको पाँच वर्षपछि बाँध निर्माण सम्पन्न भएको थियो । साढे ८ लाख क्यूसेक पानीको वहाव धान्ने क्षमता भएको बाँध सन् २००८ मा ६ लाख २९ हजार क्यूसेक पानीको वहावले भत्काइदिएको थियो । साढे ७ लाख क्यूसेक पानी बग्नुपर्ने भए पनि त्योभन्दा कम पानीले नै बाँध भत्किएकोले परियोजना असफल भइसकेको गण्डक नदी नियन्त्रण संघर्ष समितिले जनाएको छ ।

नदीमा पानीमुनिको जमिनको सतह उचालिँदै गएको छ । नदीले बगाएर ल्याउने माटो, गेगर र बालुवाले पिँधको भाग उचालिने गरेको छ । नदीले धारसमेत परिवर्तन गर्ने अवस्था आएको छ । राजनीतिक दलहरूले भोटको राजनीतिमात्रै गरेको र दीर्घकालीन समाधान दिन नसकेको जानकारहरु बताउछन् । नेपाल र भारतको दुबै देश मिलेर स्थायी समाधान निकाल्नेतर्फ ध्यान दिनुपर्नेमा त्यसो हुन नसकेको स्थानीयबासिन्दाको भनाइए छ ।

गण्डक बाँधले पश्चिम नवलपरासीको नर्सहीदेखि पक्लिहवासम्म जोखिम बढेको छ । नर्सही, कुडिया, रानीनगर, पक्लिहवा मात्र नभई त्रिवेणीदेखि लिएर त्रिवेणीको मुहान ठटियाखोलासम्म जोखिम बढेको हो । दुबै देशका अधिकारीहरू मिलेर समस्या समाधान निकाल्नु पर्ने स्थानीयको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.