भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बाढीले विद्यालय बगाएपछि विद्यार्थीलाई पढाइको चिन्ता

बाढीले विद्यालय बगाएपछि विद्यार्थीलाई पढाइको चिन्ता

मनाङ । अविरल वर्षापछि आएको बाढीले जिल्लाका मनाङका विभिन्न विद्यालय बगाएपछि अभिभावक, शिक्षक र विद्यार्थी अन्यौल बनेका छन् । जिल्लामा रहेका चार माध्यमिक विद्यालयमध्ये तीन विद्यालय बाढी पहिरोबाट प्रभावित भएको छ । सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयको भवन मस्र्याङ्दी नदीको कटानले जोखिममा पुगेको छ । मस्र्याङ्दी नदीमाथिको पक्की पुलले नदीको धार परिवर्तन हुँदा विद्यालयको भवनतर्फ कटान गरी भवन जोखिममा छ ।

यी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई कहिलेदेखि अध्ययन शुरु हुने हो भन्ने चिन्ता थपिएको छ । थोंचेस्थित प्रकाश ज्योति माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययनरत मनोज गुरुङ भन्नुहुन्छ, ‘‘हाम्रो त न गाउँ रहेको छ न त विद्यालय, अब पढ्न पनि आफ्नै जिल्लामा बसेर पढ्न नपाइने भयो ।’’ बाढीले उहाँले अध्ययन गर्ने विद्यालयको निशान मात्रै रहेको छ ।

कक्षा ९ मा अध्ययनरत प्रिया गुरुङ अब जिल्लामा घर नजिकै बसेर पढ्न पाउने अधिकार नै बाढीले छिनेको बताउनुहुन्छ । मनाङका विद्यार्थीले घरबार गुमाउनुका साथै विद्यालय पनि बगाएपछि शिक्षाबाट वञ्चित भएको प्रिया बताउनुहुन्छ । नासों गाउँपालिका–१ तालगाउँस्थित भानु माध्यमिक विद्यालय मस्र्याङ्दीको बाढीको डुबानमा छ । गाउँ नै डुबानमा रहेकाले विद्यालय जोगिन सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् ।

जिल्लामा भएको चार माध्यमिक विद्यालयमध्ये एउटामा मात्रै बाढी पहिराले क्षति नभएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायण योगीले बताए ।
विद्यालयको भौतिक संरचना पूर्णरुपमा क्षति भएकाले मर्मत तथा निर्माणमा समय लाग्न सक्ने योगीले बताउनुभयो । संरचना र विद्यालयको भवन नभएपछि अध्ययनका लागि नै अन्यत्र पठाउनुपर्ने समस्या मनाङवासीलाई थपिएको छ । मनाङका सबै माध्यमिक विद्यालयमा आवासीय सुविधा रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.