भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

मनाङ लिगको शीर्ष स्थानमा उक्लियो

मनाङ लिगको शीर्ष स्थानमा उक्लियो

काठमाण्डौँ । मनाङ मस्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै सहिद स्मारक लिग ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मनाङले फ्रेन्डस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । यस खेलसँगै चार खेल खेलेको मनाङले १० अङ्क जोडेको छ । पराजित फ्रेन्ड्स भने समान ४ खेलबाट २ अङ्क जोडेर लिगको १२ औँ स्थानमा झरेको छ ।

मनाङको जीतमा नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो अफिज र दिनेश राजवंशीले एक÷एक गोल गरे । अफिजले खेलको पहिलो हाफमा गोल गरे भने दिनेशले खेलको दोस्रो हाफमा गोल गरे ।खेलको ४१औँ मिनेटमा आफिजले गोल गर्दै मनाङलाई पहिलो अग्रता दिलाए । उनले कप्तान अञ्जन विष्टले दिएको क्रस बललाई हेडरमार्फत गोल गरेका थिए । त्यस्तै खेलको ७३ औँ मिनेटमा दिनेशले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । पुजन उपरकोटीको फ्रिकिकलाई उनले हेडरमार्फत सदुपयोग गर्दै गोल गरे ।

 


Thali Mobile Pvt.Ltd.