२३ जेठ २०७७ काठमाडौं । ‘एक चिलिम ’ नयाँ म्युजिक भिडियो सार्वजनिक भएकाे छ । विगत २ महिना देखि पट्यारलाग्दो लकडाउनले धेरै मानिसहरु निराश , हताश भएको बेला गायक गायक केशव भाबुकले यस गीत मार्फत छोटो जिन्दगीमा चिन्ता, पिर नलिएर रमाइलो गरेर बिताउन सुझाब दिएका छन् ।
गीतमा स्वर, शब्द र संगीत स्वयम गायक भाबुकको रहेको छ । उनलाई स्वरमा साथ गायिका बेनुका राईले दिएकी छिन् । बिनय केटुले गीतको संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा कलाकार सागर लम्साल ‘बले’ र सायसा फिचर्ड छन् ।
सुमन तामाङले कोरियोग्राफी गरेका छन् भने राम कुमार केसीले भिडियो छायांकन गरेका हुन् । गोविन्द गुरुङ ‘ज्याक’को लगानीमा निर्माण भएको भिडियोलाई बिज्ञान राईको सम्पादन, निर्देशन गरेका छन् ।
