भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लागुऔषध गाँजा र ब्राउनसुगरसहित एकै दिन चार पक्राउ

लागुऔषध गाँजा र ब्राउनसुगरसहित एकै दिन चार पक्राउ

लहान । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजासहित प्रहरीले सिरहाबाट एकै दिन एक महिलासहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित प्रहरीले जिल्लाको धनगढीमाई नगरपालिका–११ नैनपुर निवासी ४५ वर्षीया नीला महतोलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा गए राति खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा साढे छ किलो गाँजा र लागुऔषध ६०० स्पानो ट्याबलेट बरामद भएपछि महतोलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यस्तै गए राति नै लागुऔषध ब्राउनसुगर खैरोहिरोइनसहित प्रहरीले गोलबजार नगरपालिका–६ गुम्बाचोक निवासी राकेशकुमार लामालाई पक्राउ गरेको छ ।

लामाको साथबाट प्रहरीले २०० मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको टोलीले घर नजिकैबाट लामालाई ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीको भनाइ छ । लामामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

त्यस्तै प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बिहीबार साँझ लागुऔषधसहित जिल्लाको सखुवान्नकारकट्टि गाउँपालिका–४ खयरबोना निवासी सुनिल गिरीलाई पक्राउ गरेको छ । भारतीय बजारबाट फर्किँदै गरेका बेला जाँच गर्दा गिरीको साथबाट नोरफीन १४ एम्पुल, फेनारगन १४ एम्पुल, डाइजी ल्याब १४ लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले गोलबजारबाट लागुऔषधसहित सप्तरीको बलानबिहुल गाउँपालिका घर भई सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी २५ वर्षीय प्रवीण शर्मालाई पक्राउ गरेको जनाएको छ । शर्माको साथबाट १०० पिस नाइट्रोभेट ट्याब्लेट बरामद भएको प्रहरीको कथन छ ।

 


Thali Mobile Pvt.Ltd.