भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लागुऔषधसहित पक्राउ

लागुऔषधसहित पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ३०० एम्पुल डाइजेपाम, ३०० एम्पुल फेनारागन र ३०० एम्पुल नुर्फिनसहित बारा कलैया उपमहानगरपालिका–४ घर भएका १९ वर्षीय धर्मेन्द्र माझीलाई आज प्रहरीले पक्राउ गरेको छ । बाराको कलैयाबाट काठमाडौँ आउँदै गरेको बा३ख ६१४३ नंको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा धर्मेन्द्रलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, सोही ठाउँबाट ५४० ट्याब्लेट नियन्त्रित लागुऔषध नाइट्राभेटसहित सर्लाही हरिहरपुर नगरपालिका–४ घर भएका २३ वर्षीय यज्ञबहादुर श्रेष्ठलाई पनि आजै प्रहरीले पक्राउ गरेको जनाएको छ । सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको ग१ख ८७८७ नंको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यज्ञ बहादुरसँग उक्त लागुऔषध फेला परेको थियो । दुवै घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.