भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

वडासचिव पक्राउ, महिला बलात्कार गरेकाे आरोप

वडासचिव पक्राउ, महिला बलात्कार गरेकाे आरोप

२१ साउन २०७७ कैलाली । भजनी नगरपालिका– ४ का वडासचिव सुमनकुमार चौधरी बलात्कार पक्राउ परेका छन् । एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरीको आदेशमा वडासचिव चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरी जिल्ला ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताए । वडाध्यक्ष जन्ताराम चौधरीले वडासचिव र उक्त महिलाबीच पुरानो सम्बन्ध रहेको बताए ।

सम्बन्ध बिग्रिएपछि बलात्कारको आरोप लगाई वडासचिव चौधरीलाई फसाउन बलात्कारको आरोप लगाएको उनले बताए । महिलाले जिल्लामै पुगेर उजुरी दर्ता गरेपछि मात्र घटना सार्वजनिक भएको हो । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.